काठमाडौं- स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गर्दा चार अस्पतालमा फरक फरक रिपोर्ट आएको गुनासो आएपछि छानबिन भइरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पिसिआरको रिपोर्ट फरक आएकोबारे जाँचपड्ताल भइरहेको जानकारी दिएका हुन्।
उनले मन्त्रालयमा भदौ २७ र २८ गते चार अ स्पतालमा जाँच गर्दा फरकफरक रिपोर्ट आएको गुनासो आएको जानकारी दिए।