काठमाडौं– सरकारले ओबिसिआई (ओम्नी ग्रुप) लाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राखको हो। कार्यालयले ओम्नीलाई एक वर्षसम्म सरकारी ठेक्का पट्टामा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो।
कार्यालयले भदौ २८ गते विभिन्न सरकारी निकायबाट प्राप्तथ भएको विवरणका आधारमा एक वर्षको कालो सूचीमा राखको सुचना प्रकाशन गरेको छ।
कार्यालयले सर्वाजनिक खरिद अनुगमन ऐनमा दफा ५३ को उपदफा १ बमोजिम कालोसूचीमा राखेको हो।
कोरोना रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले ओम्नीसँग मेडिकल उपकरण खरिदको सम्झौता चैत १२ मा गरेको थियो। तर, ओम्नीले सेटिङमा मेडिकल उपकरण तथा सामाग्री खरिदको टेन्डर हात पारेपनि समयमा भने अनुसारको मेडिकल सामाग्रि दिन सकेका थियो।
स्वास्थ्य सेवा विभागमा तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, ढकालका विज्ञ सल्लाकार र स्वास्थ्य मन्त्रालयका तत्कालिन सचिवको मिलोमहतमा ओम्नीले मेडिकल सामाग्री खरिदको टेन्डर हात पारको थियो।
तर, स्वास्थ्य सामाग्री खरिदमा आर्थिक हिनामिना भएको भन्दै विरोभ भएपछि विभागले चैत १९ गते ठेक्का सम्झौता रद्द गर्दै जमानत जफत गर्ने र कालोसूचीमा राख्ने सिफारिस गर्ने निर्णय गरेका थियो। सोही निर्णयका ५ महिना पछि सार्वजनिक खरिद अनुगमन कार्यलयले ओम्नीलाई कालो सूचीमा राखेको हो।
ओम्नीसँगको स्वास्थ्य सामाग्री खरिदको विषयमा अहिले सार्वजनिक लेखा समित र अख्तियारले समेत छानबीन गरिरहेका छ।
.png)