काठमाडौं– विदेशबाट फर्केका नेपालीहरुले कोरोना बिमा गर्न चाहेमा ३० दिन पर्खनु पर्ने भएको छ। बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने क्रममा नेपालभित्र बसोबास गरेको अवस्थामा मात्रै यो बिमालेख लागू हुने बनाएको हो। यदि बिमित नेपालबाहिर रहेको अवस्थामा बिमालेख निस्कृय हुनेछ।
विदेशबाट नेपाल पुनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिन क्वारेन्टाइनमा बसी १५ दिन परिवारमा बसेपछि ३० दिनपछि बिमा अवधि समाप्त हुने समयसम्मका लागि बिमालेख स्वतः पुनर्जागरण हुने मापदण्डमा उल्लेख छ।
त्यस्तै एक पटक कोरोना बिमाको दाबी पाएको बिमितको पुनः बिमा नहुने समितिले जनाएको छ। यो कोरोना बिमा लेख २०७८ असार मसान्तसम्म मात्रै लागू हुनेछ। त्यसपछि यो बिमालेखा लागू नहुने समितिले जनाएको छ।