मुख्य समाचार

कोरोना संक्रमणपछि घरमै बसेका कांग्रेस महामन्त्री कोइराला ॐ अस्पताल भर्ना

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ॐ अस्पताल लगिएको हो।

अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ। 

उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने