काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनयन गरेका छन्।
बुधबार मन्त्री ढकालले बोर्डको सदस्यमा मनोनयन गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतिले जानकारी दिए।
उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ। मन्त्री ढकालले डा तिवारीलाई विज्ञ र विमितका तर्फका थापालाई मनोनयन गरेको बताइएको छ।
स्वास्थ्य बीमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिला सहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ।
मनोनियत दुबै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्ष उपे्रतिबाट सपथ लिएका छन्।