मुख्य समाचार

नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५८, ३२७ पुग्यो

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। 

१० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा मृतकको संख्या ३७९ पुगेको छ।

विस्तृत : 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने