काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९का शंकास्पद व्यक्तिको मृत्यु पश्चात् पिसिआर परीक्षण नगर्न नगराउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शकास्पद व्यक्तिको मृत्यु भएमा शवबाट नमुना निकाली पिसिआर परीक्षण गर्न नपर्ने बताएका हुन्।
उनले भने,‘शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सो कार्यका सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नपर्छ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी पनि मरेको व्यक्तिको नमुना परीक्षण गर्ने भनेर पहिले पनि मन्त्रालयले नभनेको बताए।
‘पछिल्लो समय त्यसको धेरै मिस्डयुस्ड भएको पाइएको छ। मरेको व्यक्तिबाट कोरोना संक्रमण सर्दैन। यदि शकास्पल व्यक्तिको मृत्यु भएको खण्डमा नजिकको सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य आइसोलेसनमा बस्ने र लक्षण देखिएमा पिसिआर परिक्षण गर्ने निर्णय भएको हो।’