काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार २ सय४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ४२ हजार ९ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ८ लाख ८२ सय हजार ९ सय १५ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १- ३७७१
प्रदेश २- ११७१७
बाग्मती प्रदेशमा- ९४११
गण्डकी प्रदेशमा - २४६६
प्रदेश ५मा- ६८७१
कर्णाली प्रदेशमा- २६०८
सुदूरपश्चिम प्रदेशमा- ६१०५