काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा अस्थायी कोभिड अस्पताल संचालनका लागि १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। कोभिड-१९ को अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन, २०७७ जारी गर्दै मन्त्रालयले यस्तो व्यवस्था गरेको हो।
मन्त्रालयले जारी गरेको सो मार्गदर्शनमा हरेक स्थानीय तहलाई भिआइ स्ट्यान्डर्ड, साइड लकरसहितको बेडका लागि ५ लाख, औषधिका लागि ५० हजार र करारमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र असिस्टेन्ट एक जनाका लागि ५ लाख ५० हजार गरी जम्मा १० लाख बजेट उपलब्ध गराउने उल्लेख छ।
मन्त्रालयले उपलब्ध गराएको बजेट अपुगमा भएमा सम्बन्धित स्थानीय तहले आफैं व्यवस्था गनुपर्ने मन्त्रालयले जनाएको छ।
त्यसबाहेक, उपलब्ध गराएको परिधिभित्र रही जनशक्ति लगायतको व्यवस्थापन सम्बन्धित स्थानीय तहबाटै नै गर्ने गराउनुपर्ने र करारमा राख्ने कर्मचारी संक्षिप्त विधिबाट व्यवस्थाबाट गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। उक्त अस्थायी अस्पतालमा आवश्यक सहयोगी स्थानीय तहकै वा अन्तर्गत कार्यरत मध्येबाट खटाउन र सम्भव नभए मात्र करारमा राख्नुपर्ने मन्त्रालयको भनाई छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सो मार्गदर्शनमा स्थानीय तहमा रहेको प्राथमित स्वास्थ्य सेवा केन्द्रमा अस्पताल स्थापनमा भएको भए करारमा अन्य चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी करारमा लिनुपर्ने वा नपर्ने निर्णय स्थानीय तहले आफै गर्न सक्ने व्यवस्था गरिएको छ।
करारमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी करारमा लिनु नपरे भएमा सो प्रयोजनका लागि छुट्टाइएको बजेटबाट सम्बन्धी स्थानीय तहको कार्यपालिकाको निर्णयले अस्पतालका लागि आवश्यक औजार उपकरण खरिद गर्न सक्ने छन्।
ती अस्थायी अस्पतालपछि ५/१०/१५ शय्याको अस्पतालमा रुपान्तरण हुने भएकाले सोही स्थानमा अस्थायी अस्पताल सञ्चालन गनुपर्ने र अन्य कर्मचारी आवश्यक भएमा स्थानीय तहमा तत्काल कार्यरत स्वास्थ्यकर्मीबाट कामकाज लागि खटाउन मन्त्रालयले निर्देशन दिएको छ।