काठमाडौं- देशभरी संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
बिहिबार १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित मध्ये ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ४ हजार १ सय ८७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश २ मा १ हजार २ सय ८७, प्रदेश १ मा १ हजार १ सय ७२, प्रदेश ५मा १ हजार ६७, सुदूरपश्चिम प्रदेशमा ३१३, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा १३० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।