काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) परीक्षा आगामी मंसिर १३ गते गर्ने भएको छ। काउन्सिलले वार्षिक कार्यतालिका अनुसार नै मंसिरमा परीक्षा गर्न लागेको जनाएको छ।
काउन्सिलले आज सूचना जारी गर्दै परीक्षाका लागि आवेदन खुला गरेको जानकारी दिएको हो। परीक्षाका लागि आइतबारदेखि फर्म बुझाउन सकिने सूचनामा उल्लेख छ।
हेरौंँ पुरा सूचना
