काठमाडौं- काठमाडौं उपत्यकाका २१ वटा अस्पतालमा १ सय ३४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
कुल संक्रमितमध्ये १ सय ५ जना आइसियु र २९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल काठमाडौं उपत्यकाका २१ वटा अस्पतालमा कुल संक्रमित १ हजार ८ सय ९४ जना उपचार गराइरहेका छन्।
२१ अस्पतालमध्ये नेपाल प्रहरी अस्पतालमा मात्र ४ सय ३५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ४ सय ३२ आइसोलेसन र ३ जना आइसियुमा छन्।
नेपाल प्रहरी अस्पतालपछि इचंकु नारायण आइसोलेसन सेन्टर रानीवनमा सबैभन्दा धेरै २ सय २८ जना संक्रमित उपचाररत छन्। सशस्त्र अस्पतालमा १ सय ७९ आइसोलेसन, १० आइसियु र ३ जना भेन्टिलेटरमा गरी १ सय ९२ जना रहेको मन्त्रालयले जनाएको छ।
कीर्तिपुर आयुर्वेद अस्पतालमा १ सय ८४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८७ आइसोलेसनमा, ९ आइसियु र ५ जना भेन्टिलेटरमा गरी १ सय १ जना संक्रमित उपचाररत छन्।
महेश मनमोहन अस्पताल दहचोकमा ६१, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २८ आइसोलेसन, ११ आइसियु र ५ भेन्टिलेटरमा गरी ४४, त्रिवि शिक्षण अस्पतालमा ८३ आइसोलेसन, ५ आइसियुमा र ३ भेन्टिलेटरमा गरी ९१ जना, काठमाडौं मोडल कलेज दुवाकोटमा ६६ आइसोलेसन र ५ आइसियु गरी ७१ जना संक्रमित छन्।
यस्तै, धुलिखेल अस्पतालमा २७ आइसोलेन, १ आइसियु र ३ जना भेन्टिलेटरमा गरी ३१, वीरेन्द्र अस्पतालमा ७३ आइसोलेसन र १५ आइसियु गरी ८८, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३, खरिपाटी आइसोलेसन सेन्टरमा ९४, वीर अस्पतालमा ८६ आइसोलेसन, ९ आइसियु र १ भेन्टिलेटरमा गरी ९६ जना संक्रमित उपचाररत छन्।
स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र काभ्रेमा २, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १४ आइसोलेसन, ५ आइसियु र ३ भेन्टिलेटरमा गरी २२, मेघा अस्पतालमा ४० आइसोलेसन र ६ आइसियु गरी ४६ जना जना संक्रमित छन्।
यस्तै, स्टार अस्पताल ललितपुरमा १२ आइसोलेसन, ३ आइसियु र २ भेन्टिलेटरमा गरी १७ जना, ह्याम्स अस्पतालमा ३० आइसोलेसन, १२ आइसियु र ४ भेन्टिलेटरमा गरी ४६, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसोलेसन, ११ आइसियु गरी २६ जना कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।