काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) परीक्षा मंसिर १३ शनिबार गते हुने भएको छ।
प्रविणता प्रमाणपत्र तह (पिसिएल), बिएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विथार्थीले व्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने काउन्सिलले जनाएको छ।
काउन्सिलले परीक्षा सम्बन्धी सूचना जारी गर्दै असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म अनलाइन फारम भर्नुपर्ने जनाएको छ। अनलाइन फारम भर्नका लागि exam.nnc.org.np मा गई भर्न सकिने छ।
सो मितिमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तितेर कात्तिक ४ गतेदेखि १५ गतेसम्म फारम भर्न सक्ने छन्।
कोभिड-१९ का कारण परीक्षा सामेल हुने सबै विद्यार्थीले अनिवार्य मास्क अगाएर आउन पनि काउन्सिलले अनुरोध गरेको छ। सबै परीक्षार्थी ज्वरो पनि नापिने छ।
