काठमाडौं– चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा भोली माइतीघर मण्डलामा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम आयोजना गरिएको छ।
साँझ ५ बजे आयोजना गरिने अनशन कार्यक्रममा एक सय मानिस सहभागी हुने जनाइएको छ।
डा केसीले आफूसँग विगतमा भएका सम्झौता अक्षरशः कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थालेका थिए। उनको स्वास्थ्यस्थित बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उनले अस्पतालमै सत्याग्रह जारी राखेका छन्।
सत्याग्रहको आठौं दिन उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ भने माग पूरा नहुँदासम्म औषधि लिनसमेत अस्वीकार गरिरहेका छन्।