काठमाडौं- जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आउन सक्ने चिकित्सकले बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत डा केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने प्रतिष्ठानले जारीगरेको विज्ञप्तिमा जनाइएको छ।
डा केसीले असोज ३ गते बल प्रयोग गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। जबरजस्ती बल प्रयोग गरी प्रतिष्ठानमा लगिएको भन्दै डा केसीले कुनै पनि स्वास्थ्य परीक्षण गराउन मानेका छैनन्।
चिकित्सकहरुले डा केसीको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको बताएका छन्। उपचार गर्न नमानेका कारण डा केसीलाई जाँच तथा उपचारमा सहज हुने स्थानमा स्थानान्तरण गर्न चिकित्सकहरुको सुझाव छ।