काठमाडौं- सोमबार काठमाडौं उपत्यकाा ६७४ कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेकाे छ।
काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।
आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा ९५३३ जनाको पिसिआर परीक्षण भएको छ।