मुख्य समाचार

काठमाडौं उपत्यकामा ६ सहित थप १६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौं - नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको छ । 

११ वटा जिल्लाका ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । 

यस्तै, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने