काठमाडौं- पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ४७ हजार २ सय ३७ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालय दिएकाे जानकारी अनुसार ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख २३ सय हजार ८ सय २३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ -४२३७
प्रदेश २ - १२३८९
बाग्मती प्रदेशमा - ११३९६
गण्डकी प्रदेशमा - २७९५
प्रदेश ५मा - ७४३७
कर्णाली प्रदेशमा - २७३०
सुदूरपश्चिम प्रदेशमा- ६२५४