काठमाडौं- नेपालका ५ दशमलब २ प्रतिशत किशोर–किशोरीमा मानसिक समस्या रहेको पाइएको छ।
स्वास्थ्य अनुसन्धान परिषद्ले २०१९ जनवरी देखि २०२० जनवरीसम्म नेपालका सात प्रदेशका माथिका १५ हजार ८८ व्यक्तिको मानसिक सर्वेक्षण गरेको थियो। जसमा ९ हजार २ सय जना १८ वर्ष भन्दामाथिका वयस्क र ५ हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए।
परिषद्ले सो मानसिक सर्वेक्षणमा देखिएको परिणाम सञ्चारकर्मीसँग असोज ५ गते भर्चुअल जुम मिटिङमार्फत सार्वजनिक गरेको थियो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ५ दशमलब ३ प्रतिशत किशोरी र ५ प्रतिशत किशोरमा यस्तो समस्या रहेको परिषद्ले जनाएको छ। ० दशमलब ६ प्रतिशत किशोर किशोरीमा उदासिनताको समस्या पाइएको छ।
परिषदले गरेको अनुसन्धानमा नेपालका सबैभन्दा बढी प्रदेश १ का ११ दशमलब ४ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या रहेको देखिएको छ।
परिषद्का अनुसार १६ वर्ष उमेर समूहका ७ दशमलब ७ प्रतिशत किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ।
परिषद्ले २०१९ जनवरीदेखि २०२० जनवरीसम्म नेपालका सात प्रदेशका १५ हजार ८८ व्यक्तिको सर्वेक्षण गरेको थियो। जसमा ९ हजार २ सय जना १८ वर्षभन्दा माथिका वयस्क र ५ हजार ८ सय ८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए।
सो अनुसन्धानमा ३ दशमलब ९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र ० दशमलब ७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ।
० दशमलब ६ प्रतिशत किशोरकिशोरीमा मादक पदार्थलगायत कुनै न कुनै प्रकारको नशालु पदार्थ सेवन गरेका कारण मानसिक समस्या पाइएको परिषद्को अनुसन्धानले देखाएको छ।
परिषदका अनुसार मानसिक समस्या भएको व्यक्तिले आफूलाई कुनै पनि मानसिक समस्या भएको छैन भनी सोच्नु, यस्तो अवस्थामा आंफैं समाधान होला भनी सोच्नु, आफ्नो समस्या कहाँ गएर समाधान होला भन्ने जानकारी नहुनु, आफूमा मानसिक समस्या छ भन्ने थाहा पाए लज्जित हुने डर हुनु र सबै मानिसले आफूलाई बहुला वा पागल भनेर चिन्छन् भन्ने डर हुनेबारे सोच्ने गरेको पाइएको छ।