मुख्य समाचार

अनसनरत डा गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो [भिडियो]

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। मंगलबार नेपालगञ्जबाट आएका डा केसीमाथि प्रहरीले उनी चढेको गाडीभित्रै पुगेर दुर्व्यवहार गरेको हो।

डा केसीले आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका थिए। तर प्रहरीले भने लछारपछार गर्दै उनी बसेको गाडीबाट निकालेको भिडियोमा देख्न सकिन्छ।

उनलाई जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको छ। ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले आकस्मिक कक्षमा उनलाई राखिएको जानकारी दिए। उनले भने, ‘उहाँको स्वास्थ्य जाँच गर्ने कार्य भइरहेको छ। उहाँलाई कहाँ राख्ने भन्नेबारे छलफल हुँदैछ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने