मुख्य समाचार

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको सख्या ६६ हजार ६३२  पुगेको छ। 
देशभर ८२३ जना संक्रमणमुक्त भएपछि संक्रमणमुक्त  हुनेको सख्या ४८ हजार ६१ जना पुगेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने