काठमाडौं- अनसनसरत डा गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन्।
आज नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।
दिउँसो ट्रमा सेन्टर पुर्याइएका डा केसीले साँझ सवा ६ बजे स्वेच्छिक डिस्चार्ज लिएका हुन्।
ट्रमा सेन्टरमा डा केसीका समर्थकले 'वि आर विथ जिकेसी', 'डा केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं' लगायतका नारा लगाएका थिए।
ट्रमाबाट डिस्चार्ज भएका डा केसी अहिले उनी त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पुगेका छन्।
डा केसीले टिचिङबाटै अनसन जारी राख्ने बताइएको छ।