काठमाडौं- अनसनरत डा गोविन्द केसीमाथि जबर्जस्ती गरेको नेपाल प्रहरीले साँझमा भने सहयोग गरेको दाबी गरेको छ। चिकित्सकको सल्लाह अनुसार अनसनरत डा.गोविन्द केसीलाई ट्रमा अस्पताल पुर्याएको प्रहरीको दाबी छ। सोमबार साँझ ट्विट गर्दै महानगरीय प्रहरी काठमाडौंले यस्तो दाबी गरेको हो।
डा केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर ट्रमा सेन्टर पुर्याउन जबर्जस्ती गरेको प्रहरीले जबर्जस्तीलाई सहयोगको संज्ञा दिएको छ।
'वहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूको सल्लाह बमोजिम राष्ट्रिय ट्रमा सेन्टर पुर्याउन प्रहरीले सहयोग गरेको यहाँहरुमा जानकारी गराउँदछौँ,' ट्विटमा दाबी गरिएको छ।
प्रहरीको कार्यप्रति व्यापक विरोध भएपछि ट्रमा सेन्टरमा पुर्याउन सहयोग गरेको दाबी सार्वजनिक गरेको हो।
त्रिवि शिक्षण अस्पतालमा अनसन बस्न विमानस्थलबाट जान लागेका केसीलाई विचबाटो बाटै ट्रमा सेन्टरमा पुर्याइएको थियो। ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएर डा केसी त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
प्रहरीको लछारपछार भिडियोमा हेर्नुहोस्