चितवन- चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।
डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो । रासस