काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो संख्या देशभर देखिएको कुल संक्रमितको ५० प्रतिशत हो।
काठमाडौंमा १५ हजार ७सय ७४, ललितपुरमा १ हजार ८ सय २६ र भक्तपुरमा १ हजार ७ सय ३९ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।