काठमाडौं- त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सकहरुले डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाएका छन्। उनीहरुले डा केसीको मागमा समर्थन गर्दै आजबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन्।
डा केसीको अनसनको १२ दिन भइसक्दा पनि सरकारका तर्फबाट कुनै पहल नभएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका छन्।
त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट(आवासीय)चिकित्सकहरुले शुक्रबार एक विज्ञप्ती जारी गर्दै डा केसीका मागप्रति सरकार संवेदनशील भएर प्रक्रिया अगाडि नबढाए आन्दोलनसम्म थाल्न बाध्य हुने चेतावनी दिएका छन्।
शान्तिपूर्ण तरिकारले सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको माग गर्दै संघर्षरत केसीका मागप्रति सरकारले गम्भीर रुपमा ध्यान नदिएको उनीहरुको आरोप छ।
त्रिवि शिक्षण अस्पतालको रेसिेडेन्ट डक्टरर्स एसोशियसनका अध्यक्ष डा. सुवास देवकोटा र सचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनशनलाई फितलो रुपमा लिएको उल्लेख गरिएको छ।
उनीहरुले वार्ताका लागि सरकारले अझै उदासिनता देखाए, कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएका छन्।
