काठमाडौं - काठमाडौं उपत्यकामा १ सय ६५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। उपत्यकाको २२ वटा अस्पतालमा १ सय ३९ जना आइसियु र २६ जना भेन्टिलेटरमा गरी १ सय ६५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ८ सय २२ जना संक्रमितको विभिन्न अस्पतालमा भर्ना उपचार भइरहेको छ।
२२ अस्पतालमध्ये नेपाल प्रहरीमा मात्र ३ सय ६३ जना संक्रमित छन्। कुल संक्रमितमध्ये ३ सय ६२ आइसोलेसन र १ जना आइसियुमा छन्।
नेपाल प्रहरी अस्पतालपछि इछान्गु नारायण आइसोलेसन सेन्टर रानीवनमा सबैभन्दा धेरै ३ सय ५८ जना संक्रमित उपचाररत छन्। सशस्त्र अस्पतालमा १ सय १७ आइसोलेसन, १८ आइसियु र ४ जना भेन्टिलेटरमा गरी १ सय ३९, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा १ सय ३७ जना आइसोलेसनमा छन्।
वीर अस्पतालमा ९२ आइसोलेसन, ८ आइसियु र १ भेन्टिलेटरमा गरी १ सय १, त्रिवि शिक्षण अस्पतालमा ८० आइसोलेसन, २१ आइसियुमा र ४ भेन्टिलेटरमा गरी १ सय २ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ८३ आइसोलेसनमा, १० आइसियु र ४ जना भेन्टिलेटरमा गरी ९७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, महेश मनमोहन अस्पताल दहचोकमा ८५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २३ आइसोलेसन, १२ आइसियु र ४ भेन्टिलेटरमा गरी ३९, काठमाडौं मोडल कलेज दुवाकोटमा २७ आइसोलेसन, ३ आइसियु र २ भेन्टिलेटरमा गरी ३२, धुलिखेल अस्पतालमा २९ आइसोलेन, २ आइसियु र २ जना भेन्टिलेटरमा गरी ३१ जना उपचाररत छन्।
श्री वीरेन्द्र अस्पतालमा ७२ आइसोलेसन र १८ आइसियु गरी ९०, भक्तपुर अस्पताल कोभिड उपचार केन्द्रमा १३, खरिपाटी आइसोलेसन सेन्टरमा ४८, स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र काभ्रेमा १, शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा ५ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १२ आइसोलेसन, ६ आइसियु र १ भेन्टिलेटरमा गरी १९, मेघा अस्पतालमा ४६ आइसोलेसन र ८ आइसियुमा ५४ जना संक्रमित छन्।
यस्तै, स्टार अस्पताल ललितपुरमा १३ आइसोलेसन, ४ आइसियु र २ भेन्टिलेटरमा गरी १९ जना, ह्याम्स अस्पतालमा २७ आइसोलेसन, १३ आइसियु र ५ भेन्टिलेटरमा गरी ४५, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा २८ आइसोलेसन र १५ आइसियु गरी ४३, कान्ती बाल अस्पतालमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।