काठमाडौं- बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानको इमर्जेन्सीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका-२ की एक ३८ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान पौने ६ निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार राति पौने १२ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। नेमोनियाको लक्षण देखिएका उनलाई अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
बिरामीमा पहिलेदेखि अन्य दीर्घरोग भए/नभएको थाहा हुन नसके पनि इमर्जेन्सीमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको थियो।