मुख्य समाचार

नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायतको ३ अर्ब ५२ करोड सहयोग

काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

नेपाल सरकारले स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायतले उपलब्ध गराउने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने