काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
अस्पतालको कोभिड फोकल पर्सन डा सन्तकुमार दासका अनुसार ५८ वर्षीया महिला कर्मचारीको मृत्यु भएको हो। उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो।
डा दासका अनुसार ती महिला अस्पतालको प्रशासनतर्फ कार्यरत थिइन्।