काठमाडौं- नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये एक जना नेपालगञ्ज मेडिकल कलेजका स्टाफ हुन्।
गत भदौ ३१ गते मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएका बाँके ३९ वर्षीय पुरुषको मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। यी पुरुष यही मेडिकल कलेजमा कार्यरत थिए।
अस्पताल भर्ना भएपछि उनको स्वाब सोही दिन परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। उनी उच्च रक्तचापका बिरामी समेत थिए।
यस्तै सोही अस्पतालमा उपचाररत ५३ वर्षीय अर्का पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। यो सहित बाँकेमा मृतक कोरोना संक्रमितको संख्या १५ पुगेको छ।
यही असोज ४ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। भदौ ६ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। उनी नेपालगञ्ज मेडिकल कलेजका स्टाफको श्रीमान् रहेको बताइएको छ।