मुख्य समाचार

काठमाडौंमा दुई सहित १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु  भएको हो। हालसम्म नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४९१  पुगेको छ।

मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय, काठमाडौंका ६० र ७० वर्षीय,  चितवनका ५५ वर्षीय, बाँकेका ५३ वर्षीय र ३९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सर्लाहीका ७२ वर्षिया, काठमाडौंका ५७ र बाँकेमा ७६ वर्षिय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने