मुख्य समाचार

नेपालमा साढे २ करोड कोरोनाविरूद्धको रुसी भ्याक्सिन ल्याउन समझदारी

काठमाडौं- कोरोना भाइरसविरुद्धको साढे २ करोड डोज खोप नेपालमा ल्याउनका लागि सम्झौता भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक-५’ नेपाल ल्याउने सम्झौता भएको हो।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्नेगरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए।

२ करोड ५० लाख भ्याक्सिनले नेपालको ९० प्रतिशत जनासंख्यालाई समेट्ने बताइएको छ। ‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग समन्वय गर्दै हामीले कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुतनिक-५ को अन्तिम परीक्षणको पर्खाइमा छौं। र, नेपाल सरकारको इजाजतको समेत आवश्यकता पर्ने भएकाले त्यसको समेत पहल गरिरहेका छौं।’

नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक-५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।

रुसी फन्डले यस सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा समेत प्रकाशित गरिसकेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने