काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरी जिल्ला इटहरी-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
बिराट मेडिकल कलेजबाट बुधाबार साँझ रेफर भएका ती संक्रमितको उपचारका क्रममा राती ९:४५ बजे प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गम्भीर अवस्थामा रहेका उनलाई ९:३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो। भर्ना भएको १५ मिनेटपछि उनको मृत्यु भएको हो।
उनलाई ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिन हुने समस्या थियो।
उनको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।