काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा न ७ निवासी ४० वर्षीय पुरुषको बिहीबार राति ११ः५५ बजे मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ।
ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका अनुसार उनको असोज ११ गते कोरोना पृष्टि भएको हो।