काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै डा गोविन्द केसी अनसन बसेको २० दिन पुगेको छ। सरकारले हालसम्म उनको माग सम्वोधन गर्न कुनै कदम नचालेको भन्दै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’, 'जनता माग्छन् अस्पताल सरकार दिन्छ भ्यू टावर' भनी नारा लगाएका थिए। केसीले भदौ २९ गते जुम्लामा अनशन थालेका थिए। त्यसपछि काठमाडौं आएका उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।
दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग उनले राखेका छन्। डा केसीले राखेका माग आम जनताको भएका तत्काल आँखा खोल्न युवाहरुले सरकारलाई माग गरेका छन्।









