काठमाडौं- अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल हुन थालेको छ। उनका सहयोगी डा तोसिमा कार्कीका अनुसार उननाई छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।
'करिब एक घण्टा भयो डा केसीलाई एक्कासी अरु बेला भन्दा धेरै छाती दुख्यो अनि सास फेर्न गारो भयो', उनले भनिन्।
कार्कीका अनुसार डा केसीलाई अक्सिजन चाहिने भएको छ र अक्सिजन सपोर्टमा राखिएको छ।
डा केसीले अन्य अत्यावश्यक तत्व र औषधिहरु भने लिन मानेका छैनन्।
डा केसीले आफ्नो १९औं अनसन सुरु गरेको २१ दिन पुगिसकेको छ। तर, सरकारले वार्ता प्रक्रिया अघि बढाएको छ। गत बिहीबार सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अनसन फिर्ता लिन आग्रह गरेका थिए। तर डा केसीले भने अस्वीकार गरेका थिए।