काठमाडौं– अनशनरत डा गोविन्द केसीको जीवनरक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले आज दिउँसो र्याली गर्नेका भएका छन्। आवासीय चिकित्सलगायते कोभिड र इमर्जेन्सीबाहेकका सेवा छाडेर दिउँसो १ बजेबाट ३ बजेसम्म अस्पतालदेखि महाराजगन्जसम्म र्याली गर्न लागेका हुन्।
चिकित्सा शिक्षा सुधारका माग राख्दै २२ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको उनको उपचारमा संलग्न डा सुवास प्रसाद आचार्यले जानकारी दिएका छन्।
डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको, श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको अस्पतालले आइतबार जारी गरेको डा केसीको मेडिकल बुलेटिनमा उल्लेख छ।
चिकित्सकहरूले डा केसीको अवस्था खराब हुँदै गएको बताएपनि उनले कुनै उपचार लिन मानेका छैनन्। उनले आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन्। सरकारले भने उनका मागप्रति कुनै चासो देखाएको छैन।