काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
धरानका ६४ वर्षीष पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
असोज १२ गते कोरोना पोजिटिभ देखिएका ती पुरुषको आज बिहान ४:२० मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती पुरुषमा मधुमेहको समस्या पनि थियो।