काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको मागमा समर्थन गर्दै देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन्।
देशका विभिन्न अस्पतालका चिकित्सकहरुले २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारसँग माग गरेका छन्।
आकस्मिक र कोभिड बिरामीको उपचारमा हातमा कालो पट्टी बाँधेर उनीहरुले काम गरिररहेका छन्।
सरकारले डा केसीकाे माग पूरा गर्न ढिलाई गरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने उनीहरुले बताइरहेका छन्।
डा केसीले ६ बुँदे माग राखेर अनसन बसेको आज २३औं दिन हो। अनसनका कारण उनको स्वास्थ्य जटिल बन्दै गइरहेको छ। तर सरकारले उनको माग सम्बोधन गर्ने विषयमा कुनै चासो दिएको छैन।


















