काठमाडौं- देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
देशभर २२ हजार ७ सय ९ जना संक्रिय संक्रमित मध्ये १३ हजार ५ सय ९१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ८ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार ८ सय १५, प्रदेश २ मा ५ सय १७, गण्डकी प्रदेशमा ५ सय ६५, प्रदेश ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८जना र सुदुरपश्चिम प्रदेशमा ४ सय ७४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।