काठमाडौं- काभ्रे जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय २४ पुगेको छ। सोमबार ५६ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमित ८ सय २४ पुगेका हुन्।
स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका वरिष्ठ स्वास्थ्य प्रशासक नरेन्द्रकुमार झाका अनुसार संक्रमितमध्ये २९२ महिला र ५ सय ३२ पुरुष रहेका छन्।
संक्रमितमध्ये ५ सय २४ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म काभ्रे जिल्लामा १३ जनाको मृत्यु भएको छ। जसमध्ये ५ जना जिल्ला बाहिरका रहेका छन् भने ८ जना काभ्रे जिल्लाका रहेको झाले जानकारी दिए।
काभ्रे जिल्लामा २ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १ सय ३५ अस्पतालको आइसोलेसनमा रहेका छन् भने १ सय ५७ होम आइसोलेसनमा रहेको झाले जानकारी दिए।
१४ जना अस्पतालको आइसोलेस र ९ होम आइसोलेसनमा गरी २३ जना सक्रिय संक्रमित जिल्ला बाहिर रहेको झाले जानकारी दिए।
कुन नगरपालिका र गाउँपालिकामा कति सक्रिय संक्रमित?
– बनेपा नगरपालिकामा ४० जना अस्पतालको आइसोलेसनमा र ६८ जना होम आइसोलेसनमा गरी १०८
– धुलिखेल नगरपालिकामा २१ जना अस्पतालको आइसोलेसनमा र ४२ होम आइसोलेसनमा गरी ६३ जना
– पनौती नगरपालिकामा १३ जना होम आइसोलेसनमा
– पाँचखाल नगरपालिकामा ३६ जना अस्पतालको आइसेलेसनमा र ५ जना होम आइसोलेसनमा गरी ४१
– नमोबुद्ध नगरपालिकामा २४ जना अस्पतालको आइसोलेसनमा
– मन्डनदेउपुर नगरपालिकामा ६ जना होम आइसोलेसनमा
– भुम्लु गाउँपालिकामा ८ जना होम आइसोलेसनमा
– रोशी गाउँपालिकामा ८ जना होम आइसोलेसनमा
– चौरींदेउराली गाँउपालिकामा १ जना होम आइसोलेसनमा