काठमाडौं - २४ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ। डा केसीको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको छ। बुधबार बिहान डा केसीको रक्तचाप ७०/५० मापन गरिएको छ।
उनको उपचार गरिरहेका चिकित्सकको टोली हाल आन्तरिक परामर्शमा रहेको उनका सहयोगीले जानकारी दिएका छन्।
डा केसीको त्रिवि शिक्षण अस्पतालका डा सुभाष आचार्य नेतृत्वको टिमले उपचार गरिरहेको छ। डा केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनसन सुरु गरेका थिए।