काठमाडौं- सरकारले डा गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ।
सरकारले शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको हो। टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सदस्य छन्।
वार्ता टोलीका सदस्य डा शर्माले डा केसीसँग भोली गएर छलफल गर्ने तयारी भएको जानकारी दिए।
'उहाँको मागका विषयमा भोली उहाँसँग छलफल हुनेछ,' उनले भने।
डा केसी ६ बुँदे माग राखेर २४ दिनदेखि आमरण अनसनमा छन्।