काठमाडौं- नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि त्रिवि शिक्षण अस्पतालमा कालो पट्टी बाँधेर रिले अनसन सुरु गरेका छन्।
संघको पूर्व घोषित कार्यक्रम अनुसार बिहीबार त्रिवि शिक्षण अस्पतालमा रिले अनसन सुरु गरेका हुन्। यो सँगै देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा पनि चिकित्सकहरुले रिले अनसन सुरु गरेको संघले जनाएको छ।
संघले बिहीबार नै बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिडका सेवा बाहेक अन्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ।
संघले डा केसीको माग पुरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय पनि गरेको छ।