काठमाडौं- सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।
शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गठित तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा छन्।
सरकारले वार्ता टोली बनाएको केही समयपछि बुधबार साँझ नै डा केसीका तर्फबाट वार्ता गर्ने समिति बनेको थियो। डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल छन्।
दुवै तर्फबाट सदस्यहरुले डा केसीका मागमा बुँदागत रुपमा छलफल गर्ने बताइएको छ।