काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशीष श्रेष्ठले जानकारी दिए।
उनी असोज १३ गते अस्पतालमा भर्ना भएका थिए भने उनको असोज १२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।