काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता जारी छ।
शिक्षा मन्त्रालयमा जारी वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भइरहेको छ। छलफलले बुँदागत रुपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको छ।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ।
डा केसी अनसन बसेको २४औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए।