काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ।
आयोगका प्रवक्ता डिल्लीराम लुईटेलका अनुसार परीक्षा स्थगितको सूचना आयोगको वेभसाइटमा राख्ने काम हुँदैछ।
'सम्मानित अदालतको आदेश अनुसार परीक्षा स्थगित गरेका हौं' उनले भने।
परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्।
आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर अब अदालतको आदेश पछि उक्त मितिमा परीक्षा नहुने भएको हो।
आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।
