काठमाडौं - डा गोविन्द केसी पक्ष र सरकारी टोली बीच आज बस्ने भनिएको वार्ता अझै सुरु हुन सकेको छैन। आज पुनः बस्ने गरी बिहिबारको वार्ता सकिएको थियो।
सरकारी टोलीले समय नतोक्दा वार्ता सुरु हुन नसकेको वार्तामा सहभागी एक सदस्यले बताए।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बिहीबार भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। बिहान साढे १० बजेदेखि बसेको वार्ता अन्तिम निष्कर्षमा भने पुग्न सकेको थिएन।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ।
डा केसी अनसन बसेको २३ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। मंगलबार दुई पक्षले वाता टोली समेत गठन गरेका थिए।